हिट किक बक्सिङ–५९ अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली बक्सर घिमिरे फ्रान्सेली प्रतिद्वन्द्वी स्वीनार्डसँग भिड्ने

हिट किक बक्सिङ–५९ अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली बक्सर घिमिरे फ्रान्सेली प्रतिद्वन्द्वी स्वीनार्डसँग भिड्ने

  • बिहिबार, भदौ १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 836
    SHARES

काठमाडौँ, १८ भदौः ‘हिट किक बक्सिङ – ५९ अन्तरराष्ट्रिय प्रतियोगिता’मा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ रिङमा उत्रने भएका छन् । जापानको करिया सहरमा यही भदौ २० गते सो अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ । अन्तरराष्ट्रिय किक बक्सिङ एसोसिएसन (इस्का बोल्र्ड मेन इभेन्ट)मा‘हिमालयन चितुवा’ले फ्रान्सका प्रतिस्पर्धी बक्सर माथन स्वीनार्डसँग भीड्ने छन् ।

‘हिमालयन चितुवा’ले हालसम्म हिट किक बक्सिङमा चारपटक टाइटल डिफेन्स गर्दै चारपटक हिट किक बक्सिङ टाइटल म्याच, अन्तरराष्ट्रिय किक बक्सिङ एसोसिएसन टाइटल र केवान क्रस १७५ र १८२ को दुईपटक टाइटल म्याच चुम्न सफल भइसकेका छन् ।

हालसम्म २८ वटाभन्दा बढी अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिएका उहाँ २० वटामा विजय हासिल गर्ने एकमात्र खेलाडी हुनुहुन्छ । नेपालको गौरव, अदम्य साहस र उचो शानलाई बक्सर खेलका चम्किला तारा घिमिरेले अन्तराष्ट्रिय जगतमा स्थापित गर्नुभएको छ ।

अन्तरराष्ट्रिय किक बक्सिङको इतिहासमा उहाँले आफूलाई अब्बल सावित गर्न सफल हुनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी