लाङटाङ खोला जलविद्युत्‌को सुरूङमा पेनस्टक पाइपबाट नयाँ प्रवेशमार्ग तयार, २५ जनाको उद्धारका लागि टोली भोलि भित्र पस्ने

लाङटाङ खोला जलविद्युत्‌को सुरूङमा पेनस्टक पाइपबाट नयाँ प्रवेशमार्ग तयार, २५ जनाको उद्धारका लागि टोली भोलि भित्र पस्ने

  • बुधबार, भदौ १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 931
    SHARES

काठमाडौँ। रसुवास्थित २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका आशंका गरिएका २५ जना कामदारसम्म पुग्न उद्धार टोलीले बुधबार वैकल्पिक बाटो खोल्न सफलता प्राप्त गरेको छ। सुरुङको मुख्य प्रवेशद्वार ढुङ्गा, माटो र गेग्रानले भरिएपछि प्राविधिक टोलीले पेनस्टक पाइप प्रयोग गरी नयाँ ‘म्यानहोल’ (प्रवेशद्वार) तयार पारेको हो।

आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईका अनुसार हाइड्रो-मेकानिकल इन्जिनियरसहितको ७-८ जनाको प्राविधिक टोली खाली पेनस्टक पाइपभित्र पसेर करिब १५० मिटर माथिसम्म पुगेको थियो। टोलीले त्यहाँ मेसिनको प्रयोग गरी मानिस छिर्न सक्ने आकारको म्यानहोल बनाएको छ। अब सोही म्यानहोल हुँदै उद्धार टोली सुरुङभित्र प्रवेश गरी फसेका कामदारहरूको खोजीमा जुट्नेछ।

यसअघि मंगलबार नेपाली सेना र भारतीय तथा नेपाली प्राविधिकहरूको संयुक्त टोली मुख्य सुरुङबाट छिरे पनि ठूला ढुङ्गा र लेदोका कारण करिब १०० मिटरभन्दा अघि बढ्न सकेको थिएन। बुधबार म्यानहोल तयार भए पनि साँझतिर परेको भारी वर्षा र सुरक्षा जोखिमका कारण सेनाको उद्धार टोली भित्र पस्न सकेन। मौसम र सुरक्षा स्थिति मूल्यांकन गरी बिहीबार बिहानैदेखि उक्त म्यानहोलबाट सुरुङभित्र प्रवेश गरेर खोजी तथा उद्धार कार्यलाई अघि बढाउने तयारी गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी