भोटेकोसी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,२०४ पुग्यो, बेपत्ताको सङ्ख्या ४,२१६ नाघ्यो

भोटेकोसी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,२०४ पुग्यो, बेपत्ताको सङ्ख्या ४,२१६ नाघ्यो

  • बुधबार, भदौ १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 570
    SHARES

काठमाडौँ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार २०४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझ ६ बजे सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरूबाट प्राप्त मानव अङ्गहरूसहित कुल १,२०४ वटा शव फेला परेका हुन्।

प्राधिकरणका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट थप शवहरू ल्याएसँगै रसुवामा मात्रै ११५ वटा शव फेला परेका छन्। यस्तै, सबैभन्दा बढी चितवनमा ३४८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, नुवाकोटमा १५५, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ वटा शव फेला परेका छन्। फेला परेका कुल शवहरूमध्ये हालसम्म जम्मा ९५ वटा शव मात्रै आफन्तले पहिचान गरी बुझेका छन्।

नेपाल प्रहरीका अनुसार पहिचान हुन नसकेका ५ सयभन्दा बढी शवहरूलाई वैज्ञानिक विधि, डिएनए (DNA) नमुना सङ्कलन र कानुनी प्रक्रिया पूरा गरी जमिनमुनि व्यवस्थापन (पुरिसकिएको) गरिसकिएको छ। हाल बाँकी रहेका शवहरूलाई पनि केही दिन पहिचानका लागि राखिने र दाबी गर्न कोही नआए डिएनए परीक्षणका लागि आवश्यक नमुना सुरक्षित राखी जमिनमा पुरिनेछ।

यसैबिच, बाढीमा परी बेपत्ता हुने नागरिकहरूको सङ्ख्या थप बढेर ४ हजार २१६ पुगेको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले बेपत्ताको खोजी र उद्धार कार्य जारी राखेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी