गण्डकी, १७ भदौ : गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको सहयोगार्थ एक महिना बराबरको तलब प्रदान गर्नुभएको छ । प्रदेश प्रमख भट्टले उक्त राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव रञ्जन अधिकारीले आज विज्ञप्तिामार्फत जानकारी दिनुभयो ।
बाढी प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्ययले प्रदेश प्रमुख भट्टले राहत सहयोग प्रदान गर्नुभएको उहाँले बताउनुभयो । प्रदेश प्रमुख भट्टले उद्धार र राहत कार्यमा अनवरत खटिएका सुरक्षाकर्मी, तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, निजी क्षेत्र, सम्पूर्ण स्वयंसेवी एवं आर्थिक सहयोगदातासमेतलाई धन्यवाद ज्ञापन गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline