साना लोडर र ५ हजार उपकरण बोकेर अमेरिकी सेनाका दुई विमान काठमाडौँ अवतरण, सुरुङ उद्धारमा सघाउने

साना लोडर र ५ हजार उपकरण बोकेर अमेरिकी सेनाका दुई विमान काठमाडौँ अवतरण, सुरुङ उद्धारमा सघाउने

  • बुधबार, भदौ १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 855
    SHARES

काठमाडौँ। भोटेकोसी बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका नागरिकहरूको खोज तथा उद्धारमा सघाउन साना लोडर र अत्यावश्यक उपकरणसहित अमेरिकी सेनाका दुई वटा विमान काठमाडौँ आइपुगेका छन्। नेपाल सरकारको विशेष अनुरोधमा अमेरिकी सेनाले राहत र उद्धार सामग्री लिएर नेपाल उडान भरेको हो।

काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार रसुवा बाढीपछिको उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन ५ हजार थान विशिष्टीकृत उपकरण, ५ सय थान प्राथमिक उपचार (फर्स्ट एड) किट र ठूलो सङ्ख्यामा स्ट्रेचरहरू नेपाल ल्याइएको छ। यसअघि नै अमेरिकाले ३६ लाख अमेरिकी डलर बराबरको राहत सामग्री पठाइसकेको जानकारी दिँदै दूतावासले यो सहयोग नेपाल-अमेरिकाबिचको दीर्घकालीन साझेदारीको प्रतीक भएको जनाएको छ।

पर्याप्त प्रविधि, हेभी मेसिनरी र विशेषज्ञ उपकरणको अभावमा बाढी आएको ८ दिन बितिसक्दा पनि जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका मानिसहरूको उद्धारमा कठिन चुनौती थपिएको छ। अमेरिकी सेनाले ल्याएका साना लोडर र उद्धार उपकरणहरूलाई तत्कालै प्रभावित क्षेत्रका टनेल तथा भग्नावशेष व्यवस्थापनमा खटाइने भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी