नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने

नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने

  • बुधबार, भदौ १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 361
    SHARES

काठमाडौँ, १७ भदौः नेपाल प्रहरी अस्पतालले रसुवा भोटेकोशी बाढीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकका शव पहिचानका लागि डिएनए ‘प्रोफाइलिङ’ सुरु गरेको छ । बाढीका कारण फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारले डिएनए परीक्षणमार्फत फेला परेका शव तथा शरीरका अङ्ग यकीन गर्न प्रहरी अस्पतालले उक्त प्रोफाइलिङ सुरू गरेको हो ।

प्रहरी अस्पतालमा आज अपराह्न ५ः०० बजेसम्म सम्पर्कविहीन भएका परिवारका ५३९ वटा डिएनए प्रोफाइलिङका लागि नमुना सङ्कलन गरिएको छ । प्रहरी अस्पतालका प्रवक्ता रामेश्वर अधिकारी भन्नुहुन्छ, “सम्पर्कविहीन आफन्त आफ्नो परिचय खुल्ने कुनै पनि कागजात र दुईप्रति फोटो लिएर अस्पताल आई आफ्नो नमुना दिन सक्नेछन् ।”

उनीहरूले अस्पतालमा उपलब्ध फाराम भर्नुपर्ने र फाराम भर्न नसक्नेको हकमा अस्पतालले सहयोग गरी सहजीकरण गर्ने र तत्पश्चात् विशेषज्ञ प्राविधिक टोलीबाट नमुना सङ्कलन गर्नेछ । सङ्कलित नमुना नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानमा पठाइनेछ । प्रहरी टोलीले बाढी प्रभावित क्षेत्रमा बाढीका कारण मृत्यु भएका व्यक्तिको शव पहिचान, घटनास्थल मुचुल्का तथा आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पूरा गर्दै शव व्यवस्थापनको काम गरिरहेको छ ।

शव फेला परेको स्थानमा आवश्यक मुचुल्कालगायत कानुनी प्रक्रिया पूरागरी शवलाई सुरक्षित रूपमा झोलामा राख्ने, फोरेन्सिक विशेषज्ञको सहयोगमा शव परीक्षण गर्ने, सर्वसाधारणलाई शव पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले शवका फोटो तथा उपलब्ध पहिचानसम्बन्धी विवरण प्रदर्शन गरिएको प्रहरीले जनाएको छ ।

पहिचान खुल्न नसकेका शवको हकमा प्रत्येक शवलाई छुट्टाछुट्टै सङ्केत/कोड नम्बर प्रदान गरी शवको फोटो, हुलिया, पहिचानजन्य चिन्ह, कपडा तथा साथमा फेला परेका सामग्रीलगायत विवरण व्यवस्थित रूपमा अभिलेख राखिएको छ । वैज्ञानिक रूपमा शवको पहिचान गर्न सकिने गरी डिएनए नमुना सङ्कलन गरी सुरक्षित संरक्षण गर्ने व्यवस्था गरिएको छ ।

फेला परेका शव वा शरीरका अङ्गको डिएनए परीक्षणमार्फत पहिचान गर्न नजिकको रगतको नाता बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको रगतको नमुना आवश्यकपर्ने प्रहरीले जनाएको छ । हराइरहेका विदेशी नागरिकको हकमा उक्त व्यक्तिको विदेशमै रहेका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले विदेशमा नै डिएनए प्रोफाइलिङ गरी तुलनाका लागि डिएनए प्रोफाइलको ‘सफ्ट’कपी प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी