पृथ्वी राजमार्गको कृष्णभिर खण्डसडक यही महिनाभित्रै सञ्चालन गरिन्छः प्रधानमन्त्री

पृथ्वी राजमार्गको कृष्णभिर खण्डसडक यही महिनाभित्रै सञ्चालन गरिन्छः प्रधानमन्त्री

  • बुधबार, भदौ १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 323
    SHARES

काठमाडौँ, १७ भदौः प्रधानमन्त्री वालेन्द्र शाहले पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभिर खण्डसडक यही महिनाभित्रै सञ्चालनमा ल्याइने बताउनुभएको छ ।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै मुगलिङ–नौबिसे खण्डमा पर्ने पृथ्वीराजमार्गको कृष्णभिरमा पहिरोका कारण अवरुद्ध भएको सो सडक यही महिनाभित्र सञ्चालनमा ल्याउने जानकारी दिनुभएको हो ।

त्रिशूली नदीको कटानका कारण सडक भासिँदा कृष्णभिरमा पहिरो खसेपछि सडक अवरुद्ध छ । सो सडकखण्ड सञ्चालनमा ल्याउन महिनौँ लाग्नसक्ने समाचारहरू आइरहेका अवस्थामा प्रधानमन्त्री शाहले आज सो जानकारी गराउनुभएको हो ।

प्रधानमन्त्री शाहले पहिरो पञ्छाएर र सडक पुनर्निर्माण गरेर यही महिनाभित्रै सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।

उहाँले आज संसद्लाई भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढी र त्यसबाट रसुवा, नुवाकोट र धादिङमा भएको अकल्पनीय क्षतिका बारेमा पनि जानकारी गराउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी