धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग

धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग

  • बुधबार, भदौ १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 323
    SHARES

जनकपुर, १७ भदौः धनुषाको लक्ष्मीनिया गाउँपालिकाले करिब ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

आज गाउँ कार्यपालिकाको बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख ६५ हजार ५८२ रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि
गाउँ कार्यपालिकाको बसेको बैठकले सो निर्णय गरेको छ ।

गाउँपालिकाका अनुसार उक्त रकममध्ये गाउँपालिकाको तर्फबाट ११ लाख ११ हजार १११ रुपैयाँ, जनप्रतिनिधिको तर्फबाट ५ लाख २३ हजार ५०० रुपैयाँ, कर्मचारीको तर्फबाट ५ लाख ४६ हजार ७९९ रुपैयाँ तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तर्फबाट ७ लाख ८४ हजार १७२ रुपैयाँ योगदान गरिएको छ ।

गाउँपालिकाले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अभूतपूर्व बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

गाउँपालिकाले प्रेस विज्ञप्तिमार्फत बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको तत्काल उद्धार, सुरक्षित पुनःस्थापना तथा सहज जनजीवनका लागि शुभकामना व्यक्त गरेको जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिथिलेश ठाकुरले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको र सहानुभूतिमा मात्र सीमित नरही सहयोग, समन्वय, सहकार्य र ऐक्यबद्धताका साथ राहत तथा पुनःस्थापना अभियानमा जुट्न सबैलाई आग्रह गर्नुभएको उल्लेख छ ।

गाउँपालिकाका अनुसार कर्मचारी तथा शिक्षक कर्मचारीबाट सङ्कलित रकम उनीहरूको सेवा सुविधाबाट निश्चित दिनको तलब कट्टा गरी योगदान गरिएको हो । अधिकृतस्तरका कर्मचारीबाट सात दिन, सहायकस्तरबाट पाँच दिन र श्रेणीविहीन सहयोगीस्तरबाट दुई दिनको तलब योगदान गरिएको छ ।

त्यसैगरी, माध्यमिक तहका शिक्षकबाट सात दिन, आधारभूत तहका शिक्षकबाट पाँच दिन तथा सहयोगी कार्यकर्ता र कर्मचारीबाट दुई दिनको तलब योगदान गरिएको गाउँपालिकाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी