काठमाडौँ। भोटेकोसी तथा त्रिशूली बाढी प्रभावित क्षेत्रमा जारी खोज, उद्धार तथा राहत कार्यका लागि भारत सरकारले पठाएको पाँचौँ खेपको राहत सामग्री र सुरुङ उद्धार सम्बन्धी दक्ष प्राविधिक टोली बुधबार काठमाडौँ आइपुगेको छ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार विशेष गरी बाढी प्रभावित जलविद्युत् आयोजनाका सुरुङभित्र अड्किएका मानिसहरूको खोज तथा उद्धारमा सघाउन ११ सदस्यीय विज्ञ टोली आवश्यक अत्याधुनिक उपकरण र औषधिसहित नेपाल आइपुगेको हो।
भारतले बुधबार बिहान उद्धार टोली र प्राविधिक उपकरणका साथै ५.५ टन अत्यावश्यक राहत सामग्री बोकेको विमान काठमाडौँ पठाएको हो। प्राप्त राहत सामग्री तथा उद्धार टोलीलाई तत्कालै रसुवा र नुवाकोटका जटिल सुरुङ तथा बाढी प्रभावित क्षेत्रहरूमा परिचालन गर्ने तयारी गरिएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline