जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट

  • बुधबार, भदौ १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 323
    SHARES

डडेल्धुरा १७ भदौः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली निर्माणमा योगको असाधारण भूमिका रहेको बताउनुभएको छ ।

पतञ्जलि योग समिति डडेल्धुराद्वारा आज अमरगढीमा आयोजित कार्यक्रममा उहाँले योगको महत्व र प्रभावलाई समाजका सबै तह र तप्काले बुझेर साधना गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

मुख्यमन्त्री भट्टले योगलाई शारीरिक व्यायामका रूपमा मात्र नभई स्वस्थ जीवनशैली र सकारात्मक सोच विकास गर्ने माध्यमका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मानसिक शान्ति, अनुशासन र सकारात्मक सोच विकासमा योगको महत्वपूर्ण योगदान रहने जनाउँदै उहाँले योगलाई नागरिकको दैनिक जीवनसँग जोड्दै ‘सबैका लागि योग’ अभियानलाई प्रदेश सरकारले प्राथमिकतासाथ अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी