देशभरका प्रमुख राजमार्ग अझै अवरुद्ध, कृष्णभीरसहित पृथ्वी राजमार्ग र रसुवा–नुवाकोटका सडक ठप्प

देशभरका प्रमुख राजमार्ग अझै अवरुद्ध, कृष्णभीरसहित पृथ्वी राजमार्ग र रसुवा–नुवाकोटका सडक ठप्प

  • बुधबार, भदौ १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 551
    SHARES

काठमाडौँ। लगातारको बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू आज पनि पूर्ण रूपमा अवरुद्ध रहेका छन्। नेपाल प्रहरीका अनुसार जोखिम कायम रहेकाले केही सडक खण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ।

भदौ १० गतेको विनाशकारी भोटेकोसी बाढीपछि रसुवातर्फका सबैजसो मुख्य राजमार्गहरूसँगै त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड पूर्ण रूपमा बन्द रहेको छ। यस्तै नुवाकोट जोड्ने टोखा–छहरे सडक, पासाङल्हामु राजमार्ग र विदुर–लाच्याङ सडक पनि बाढीपहिरोकै कारण अवरुद्ध बनेका छन्।

देशको प्रमुख लाइफलाइन मानिने पृथ्वी राजमार्गअन्तर्गत धादिङका विभिन्न स्थानमा त्रिशूली नदीले सडक कटान गर्दा यातायात सेवा ठप्प छ। प्रहरीका अनुसार बेनिघाट रोराङ गाउँपालिका–१ लाच्याङ डाँडा, वडा नं. ७ कृष्णभीर, वडा नं. १० ज्वाङ खोला र थाक्रे गाउँपालिका–२ कमेरेभीरमा नदीको तीव्र बहावले सडक बगाएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा ठप्प भएको हो।

यसका साथै बाढीपहिरोकै कारण लमजुङको बेँसीसहर–मनाङ सडक, मुगुको मुगु–गमगढी सडक र बैतडीको गोठालापानी–झुलाघाट सडक खण्डमा पनि सवारी आवागमन पूर्ण रूपमा ठप्प रहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी