प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा रु १२ लाख २७ हजार सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा रु १२ लाख २७ हजार सहयोग

  • बुधबार, भदौ १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 380
    SHARES

कास्की, १७ भदौः रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पोखराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ लाख २७ हजार ७७६ सहयोग गरेको छ ।

सो बाढीबाट प्रभावितका लागि देशको पर्यटकीय राजधानी पोखराको लेकसाइड क्षेत्रमा व्यवसायमा गर्दै आएका व्यवसायीहरूको संस्था रेवान पोखरासँग आबद्ध रेस्टुरेन्ट तथा क्याफे व्यवसायी, संस्थाका पदाधिकारी तथा सदस्यहरूको सहकार्यमा रकम सङ्कलन गरी कोषमा जम्मा गरिएको हो ।

संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत व्यवसायी, पदाधिकारी र सदस्यहरूको सहकार्यमा राहत रकम सङ्कलन गरेको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो । “विपद्को समयमा व्यवसायसँगै समाजप्रतिको दायित्व पनि उत्तिकै रहन्छ । धेरै नागरिक अहिले पीडामा हुनहुन्छ र यस्तो बेलामा प्रभावित नागरिकको राहतका लागि सक्दो सहयोग गरेका हौँ”, उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी