डिएनए विज्ञ र राहत सामग्री बोकेर चिनियाँ सैन्य विमान काठमाडौँ अवतरण, चीनबाट राहतको दोस्रो खेप प्राप्त

डिएनए विज्ञ र राहत सामग्री बोकेर चिनियाँ सैन्य विमान काठमाडौँ अवतरण, चीनबाट राहतको दोस्रो खेप प्राप्त

  • मङ्लबार, भदौ १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 665
    SHARES

काठमाडौँ। भोटेकोसी र त्रिशूली बाढीका कारण पहिचान हुन नसकेका शवहरूको डिएनए (DNA) परीक्षणका लागि विशेषज्ञ टोली र राहत सामग्री बोकेर चिनियाँ सेनाको विमान काठमाडौँ आइपुगेको छ। मङ्गलबार साँझ चिनियाँ सैन्य विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

काठमाडौँस्थित चिनियाँ दूतावासका अनुसार उक्त विमानमा चीनका ५ जना डिएनए पहिचान विशेषज्ञहरू नेपाल आएका छन्। यसअघि चिनियाँ सेनाका दुई वटा कार्गो विमानमार्फत पहिलो खेपको सहयोग सामग्री पठाइसकेको चीनले मङ्गलबार साँझ दोस्रो खेप स्वरूप बाढी प्रभावितहरूका लागि थप राहत सामग्री र अत्याधुनिक प्राविधिक उपकरणहरू पठाएको हो।

नदीमा लामो समय डुबेका कारण चिन्नै नसकिने अवस्थामा रहेका शवहरूको पहिचान गर्न नेपाललाई सकस परिरहेका बेला चिनियाँ डिएनए विज्ञहरूको यो आगमनले शव व्यवस्थापन तथा आफन्तलाई बुझाउने प्रक्रियामा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी