शर्मा कम्पनी तथा सञ्जीवनी ग्रुपद्वारा बाढीपीडितलाई एक करोड ५१ लाख सहयोग

शर्मा कम्पनी तथा सञ्जीवनी ग्रुपद्वारा बाढीपीडितलाई एक करोड ५१ लाख सहयोग

  • मङ्लबार, भदौ १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 323
    SHARES

काठमाडौँ, १६ भदौः भोटेकोशी बाढीका कारण प्रभावित भएकाहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि शर्मा एण्ड कम्पनी तथा सञ्जीवनी ग्रुपले रु एक करोड ५१ लाख सहयोग उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा आज कम्पनीका अध्यक्ष रमेश शर्मा, सञ्चालक सौरभ शर्मा एवं सञ्जीवनी ग्रुपका सञ्चालक राजु बस्नेत क्षेत्रीले अर्थमन्त्री डा स्वर्णिम वाग्ले समक्ष सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएकाले प्रभावित सर्वसाधारणको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि शर्मा एण्ड कम्पनी र संजीवनी ग्रुपको तर्फबाट सहयोग रकम प्रदान गरिएको छ ।

शर्मा एण्ड कम्पनी र सञ्जीवनी ग्रुपले बाढीका कारण शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै विपद्बाट प्रभावित व्यक्ति र समुदायप्रति सहानुभूति व्यक्त गरी उहाँहरूको उद्धार एवं पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्न सरकार समक्ष आग्रह पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी