बाढी प्रभावित बालबालिकाको तस्विर, श्रव्यदृश्य सामग्री सामाजिक सञ्चालनमा नराख्न अपिल

बाढी प्रभावित बालबालिकाको तस्विर, श्रव्यदृश्य सामग्री सामाजिक सञ्चालनमा नराख्न अपिल

  • मङ्लबार, भदौ १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 361
    SHARES

काठमाडौँ, १६ भदौः राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकाको तस्विर तथा श्रव्यदृश्य सामग्री सामाजिक सञ्जाल एवं सञ्चारमाध्यममा पोष्ट नगर्न सम्बन्धित सबैमा अपिल गरेको छ ।

परिषद्का अधिकृत एवं सूचना अधिकारी रामबहादुर चन्दले आज एक सूचना जारी गर्दै बालबालिकाको गोपनीयता राख्नुपर्ने भएकाले त्यस्ता सामग्री सामाजिक सञ्जालमा नराख्न आग्रह गर्नुभयो । सूचनामा भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराएको कुनै पनि तस्विर तथा श्रव्यदृश्य सामग्री सार्वजनिक नगर्न उल्लेख गरिएको छ ।

फेसबुक, मेसेन्जर, युट्युब, टिकटक, इन्स्टाग्राम, मेटा, लिङ्क्डइन थ्रेड, स्नापचाट, भाइबर, ह्वाट्एप, एक्स/टिव्टरलगायत सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा बालबालिकाको गोपनीयता तथा मर्यादाको सम्मान गर्न, पालना गर्न एवं पीडित तथा प्रभावित बालबालिकाको तस्विर तथा श्रव्यदृश्य सामग्री प्रविष्ट नगर्न/नगराउन परिषद्ले विभिन्न सङ्घसंस्था, सरोकार भएका निकायलगायत सबैमा अपिल गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी