भोटेकोशी बाढी : पूर्व यातायातले बाढी प्रभावित क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गर्ने

भोटेकोशी बाढी : पूर्व यातायातले बाढी प्रभावित क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गर्ने

  • मङ्लबार, भदौ १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 342
    SHARES

काठमाडौँ, १६ भदौ : पूर्व यातायात व्यवस्थापन प्रालिले रसुवा बाढी प्रभावित क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । प्रालिको आजको बैठकले बाढीबाट पीडितको उद्धार र राहतमा सहयोग पुर्याउन निःशुल्क बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रालिका अध्यक्ष सुनिल कुँवरले मुलुकलाई दुःख परेको बेलामा थोरै भए पनि सहज होस् भनी आफ्नो तर्फबाट प्रालिले बस सेवा सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँले विपतमा परेका रसुवा, नुवाकोट र धादिङका नागरिकले जुनसुकै बेला उक्त कम्पनीलाई सम्पर्क गर्न सक्ने बताउनुभयो । काठमाडौँदेखि मुलुकको पूर्वी क्षेत्रमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनलाई विसं २०८० देखि एउटै कम्पनी बनाएर सञ्चालन गरिँदै आएको संस्थामा हाल १०० भन्दा बढी सार्वजनिक बस छन् ।

बाढी प्रभावितलाई निःशुल्क सेवा प्राप्त गर्न मोबाइल नम्बर ९८५१०४९६७७, ९८५११५४६०७) र ९८४१४७३७५६ मा सम्पर्क गर्न सकिने उक्त कम्पनीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी