हिमगिरिद्वारा बाढीपीडितका लागि ७० लाख बराबरको सरसफाइका सामग्री सहयोग

हिमगिरिद्वारा बाढीपीडितका लागि ७० लाख बराबरको सरसफाइका सामग्री सहयोग

  • मङ्लबार, भदौ १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 266
    SHARES

काठमाडौँ, १६ भदौः मोरङको हिमगिरि हाइजिन लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएकाहरूका लागि रु ७० लाख मूल्य बराबरको सरसफाइका सामग्री सहयोग गर्ने जनाएको छ । भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा विपद्का कारण स्वास्थ्य सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले कम्पनीले व्यक्तिगत तथा घरायसी सरसफाइका सामग्री सहयोग गर्ने घोषणा गरेको हो ।

जाजू ग्रुपका अध्यक्ष एवं वरिष्ठ उद्योगी महेश जाजूले बाढी प्रभावित क्षेत्रका सर्वसाधारणमा स्वास्थ्य सङ्क्रमण नहोस् भनेर उद्योगले करिब रु ७० लाख रकम बराबरको साबुन, डिटर्जेन्टलगायत व्यक्तिगत तथा घरायसी सरसफाइका अत्यावश्यक सामग्री प्रभावित परिवारलाई उपलब्ध गराउने बताउनुभयो । देवनारा ग्रुप तथा जाजू ग्रुपअन्तर्गत हिमगिरि हाइजिन लिमिटेड सञ्चालित छ । उहाँले सरसफाइका समान ट्रकबाट प्रधानमन्त्री दैवी प्रकोष उद्धार कोषमार्फत वितरण गर्नका लागि काठमाडौँ पठाइएको काठमाडौँमा पठाइएको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी