पृथ्वी राजमार्गको कृष्णभीर पहिरो पन्छाएर बाटो खुलाउन कम्तीमा १५ दिन लाग्ने, सिङ्गल लेन डाइभर्सन निर्माण गरिने

पृथ्वी राजमार्गको कृष्णभीर पहिरो पन्छाएर बाटो खुलाउन कम्तीमा १५ दिन लाग्ने, सिङ्गल लेन डाइभर्सन निर्माण गरिने

  • मङ्लबार, भदौ १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 532
    SHARES

देशकै प्रमुख ‘लाइफलाइन’ मानिने पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरोले अवरुद्ध भएको सडक पुनः सञ्चालनमा ल्याउन अझै कम्तीमा १० देखि १५ दिन लाग्ने भएको छ। भोटेकोसी बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढेपछि सडकको तल्लो भाग कटान भई माथिल्लो भूभागमा चिरा परेर ठूलो पहिरो खसेको हो।

सडक विभागले प्राविधिक तथा भौगर्भिक विज्ञसहितको टोली कृष्णभीरमा परिचालन गरी सडक खोल्ने तयारी तीव्र पारेको छ। विभागका सहसचिव चुणाराज ढकालका अनुसार राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्कालका लागि पारिपट्टिको वैकल्पिक मार्ग प्रयोग गर्ने र यता मुख्य राजमार्ग १० देखि १५ दिनभित्र खुलाउने गरी काम अघि बढाइएको छ। आगामी दिनमा नदी करिडोरमा बन्ने सडकको उचाइ बढाउने, अग्ला पुल तथा सुरुङ निर्माण गरी विपद्-प्रतिरोधी पूर्वाधार बनाउने नीति आवश्यक रहेको उनले बताए।

भू-प्राविधिक विज्ञ मधुसुदन आचार्यका अनुसार कृष्णभीरको पहिरो पुरानै ‘स्लोप फेलियर’ भएको क्षेत्रमा दोहोरिएको हो। ड्रोन अध्ययनका क्रममा नदीको तल्लो भागमा बेडरक भेटिएकाले कटान केही थामिएको अनुमान गरिएको छ। हाललाई माथिल्लो भागको जोखिमयुक्त माटो र भित्तो काटेर करिब सय मिटर लम्बाइको प्रभावित क्षेत्रमा ‘सिङ्गल लेन डाइभर्सन’ निर्माण गरी बाटो खुलाउने सम्भावना रहेको छ।

त्यसैगरी, नदी कटान नियन्त्रणका लागि जिओब्याग, ग्याभिन नेट तथा बोल्डर र्‍यापिङ प्रविधि प्रयोग गरिनेछ। ३-४ वटा ठूला मेसिन परिचालन गरेर तीव्र गतिमा काम गर्दा १५ दिनभित्र यातायात सञ्चालन गर्न सकिने विभागले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी