महाकालीमा पानीको बहाव बढ्योः बनवासा पुलमा आवागमन प्रभावित

महाकालीमा पानीको बहाव बढ्योः बनवासा पुलमा आवागमन प्रभावित

  • मङ्लबार, भदौ १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 646
    SHARES

महेन्द्रनगर, १६ भदौः महाकाली नदीमा पानीको बहाव बढेपछि आज बिहानैबाट कञ्चनपुरको गड्डाचौकी नाकाको आवागमन प्रभावित बनेको छ ।

महाकाली नदीमा जलस्तर बढेसँगै पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवतजावत गर्ने चारपाङ्ग्रे सवारी साधनलाई शारदा ब्यारेज (बनवासा पुल) आवागमन रोकिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरुङले गरिएको मापनअनुसार महाकाली नदीमा पानीको बहाव एक लाख १२ हजार क्युसेक पुगेको जानकारी दिनुभयो ।

“महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि सुरक्षाको कारण चारपाङग्रे सवारीसाधन आवागमन बनबासा पुलमा गर्न भारतीय पक्षले दिँदैन”, उहाँले भन्नुभयो, “पहाडी जिल्लासँगै कञ्चनपुरमा पनि बर्सात भइरहेकाले बहाव बढ्न सक्छ ।”

एक सय वर्ष पुरानो बनबासा पुल जीर्ण भएकाले जोखिम हुने भन्दै बर्षातका बेला पानीको बहाव बढ्दा ठुला सवारी साधनलाई रोक लगाइने गरिन्छ ।“पानीको बहावले ठूला सवारीसाधन रोकिएपछि मोटरसाइकल र पैदल यात्रामा रोकावट हँुदैन”, गुरुङले भन्नुभयो, “जलस्तर घटेपछि आवागमन सहज भइहाल्छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी