भोटेकोसी बाढीका पहिचान नभएका ७८ शवको पोखरामा सामूहिक व्यवस्थापन, डिएनए र सबुत सुरक्षित

भोटेकोसी बाढीका पहिचान नभएका ७८ शवको पोखरामा सामूहिक व्यवस्थापन, डिएनए र सबुत सुरक्षित

  • मङ्लबार, भदौ १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 722
    SHARES

रसुवाको भोटेकोसी बाढीमा परी ज्यान गुमाएकामध्ये पोखरा ल्याइएका पहिचान हुन नसकेका ७८ वटा शवको मङ्गलबार सामूहिक रूपमा जमिनमुनि व्यवस्थापन गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति कास्कीले पोखरा महानगरपालिका–१६ जौवारीस्थित सिँचाइ विभागको स्वामित्वमा रहेको गाँडतरा क्षेत्रमा ती शवहरूको व्यवस्थापन गरेको हो।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार पोस्टमार्टम, डिएनए (DNA) नमुना सङ्कलन तथा पहिचानका लागि आवश्यक पर्ने सम्पूर्ण कानुनी र वैज्ञानिक सबुतहरू सुरक्षित राखेर मात्र शव व्यवस्थापन गरिएको हो। भविष्यमा आफन्तले दाबी गर्न आएमा र डिएनए परीक्षण गर्दा मेल खाएमा शव पुनः पहिचान गरी बुझाउन मिल्ने गरी प्रविधिपूर्वक जमिनमुनि राखिएको छ।

कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले पहिचान नभएका शवहरूलाई ‘पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका’ अनुसार नै व्यवस्थापन गरिएको जानकारी दिए। भोटेकोसी बाढीपछि पोखरा ल्याइएका कुल १०२ वटा शवमध्ये सोमबारसम्म १६ वटा शवको मात्र पहिचान भई आफन्तलाई बुझाइएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी