भोटेकोशी बाढी स् चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता

भोटेकोशी बाढी स् चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता

  • मङ्लबार, भदौ १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 570
    SHARES

काठमाडौँ, १६ भदौः भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएकामध्ये हालसम्म चार हजार २७० जनाको उद्धार गरिएको र चार हजार ५९९ जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार बाढीबाट प्रभावित तीन हजार तीन पुरुष, एक हजार २५४ महिला र पहिचान नखुलेका १३ जना गरी चार हजार २७० जनाको उद्धार गरिएको छ ।
अन्य सुरक्षा निकायसहित विभिन्न पक्षबाट समेत गरी १२ हजारभन्दा बढी बाढी प्रभावितको उद्धार भइसकेको प्रहरीले स्पष्ट गरेको छ ।

उद्धार कार्यलाई तीव्र बनाइए पनि उल्लेख्य सङ्ख्यामा मानिस अझै सम्पर्कविहीन रहेको अवस्थालाई दृष्टिगत गरी खोजी तथा उद्धार कार्यलाई थप प्राथमिकता दिई सुरक्षाकर्मीसहित सरकारी संयन्त्र परिचालित गरिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार उद्धार गरिएकामध्ये तीन हजार ४५३ जनालाई ‘होल्डिङ सेन्टर’मा राखिएको छ । नुवाकोटमा दुई हजार ४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौँमा ३२९ जना होल्डिङ सेन्टरमा रहेका छन् ।

विनासकारी बाढीमा परी ज्यान गुमाएका १२१ महिला, १९८ पुरुष र पहिचान नखुलेका २६२ गरी ५८१ जनाको शव जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने ५६ वटा शव मृतकका परिवार तथा आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता काफ्लेका अनुसार हालसम्म एक हजार १० जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २०९ महिला, ३८५ पुरुष र ३५१ जना आंशिक अङ्गसहितका रहेका छन् । शवको पहिचान तथा व्यवस्थापनको प्रक्रिया पनि सँगसँगै अघि बढाइएको प्रहरीले जनाएको छ ।

दुई हजार ३१२ पुरुष र ३६८ महिला गरी दुई हजार ९८० नेपाली, विदेशीतर्फ २५१ पुरुष र ३३० महिला गरी ५८१ तथा फोनबाट टिपाइएका एक हजार ३२९ जना बेपत्ता अवस्थामा रहेका छन् । बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, शव व्यवस्थापन तथा बेपत्ताको विवरण सङ्कलनलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ ।

भोटेकोशीमा गएको अकल्पनीय बाढीबाट रसुवासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको विषम परिस्थितिमा उद्धार, राहत वितरण तथा पुनस्र्थापनातर्फ उच्च प्राथमिकताका साथ समन्वयात्मक ढङ्गबाट सरकारी संयन्त्र अहोरात्र क्रियाशील रहेको प्रहरीले स्पष्ट गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी