गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य

  • मङ्लबार, भदौ १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

पोखरा, १६ भदौः गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ ।

प्रदेश सरकारको सिफारिसमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम सोमबार राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य गर्नुभएको हो ।

प्रदेशसभा सचिवालयले सोमबार सूचना जारी गर्दै चालु अधिवेशन २०८३ भदौ १५ गते राति १२ः०० बजेदेखि लागू हुनेगरी अन्त्य भएको जनाएको छ ।

जेठ ११ गते सुरु भएको दशौँ अधिवेशन करिब तीन महिनापछि अन्त्य भएको हो ।

बजेट अधिवेशनका रूपमा सुरु भएको यस अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट पारित हुनुका साथै महत्वपूर्ण कानुन निर्माणको काम पनि अघि बढेको थियो ।

संविधानको धारा १८३ को उपधारा (२) ले प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सक्ने व्यवस्था छ ।

सोही संवैधानिक व्यवस्थाअनुसार प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख भट्टले दशौँ अधिवेशन अन्त्य गर्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी