सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन

  • मङ्लबार, भदौ १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 190
    SHARES

सुदूरपश्चिम, १६ भदौः सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले भोटेकोशी बाढीपछि सम्पर्कविहीन सुदूरपश्चिमका नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको सुरक्षा समितिको बैठकमा उहाँले प्रभावित क्षेत्रमा सम्पर्कविहीन नागरिकको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री भट्टले सम्भव भएसम्मका सबै उपाय अवलम्बन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

बैठकले भोटेकोशी बाढीमा परेका नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ । साथै, प्रदेशमा बाढी तथा अन्य विपद्को सम्भावनालाई ध्यानमा राख्दै सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

बैठकमा नेपाल–भारत सीमा क्षेत्रमा देखिने समस्या समाधान तथा लागुऔषध नियन्त्रणका लागि प्रभावकारी अभियान सञ्चालन गर्नेबारे पनि छलफल भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी