लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

  • सोमवार, भदौ १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 133
    SHARES

काठमाडौँ, १५ भदौः प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार र आज गरी काठमाडौँ, कञ्चनपुर, बाँके, पाल्पा, कैलाली, मोरङ, दाङ र बर्दियाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको हो ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले काठमाडौँको महानगरपालिका-७ चावहिलस्थित समाज गेष्ट हाउसबाट नियन्त्रित लागुऔषध डाइजेपाम ११४ एम्पुल, फेनारगन ११३ एम्पुल, नोर्फिन ११३ एम्पुल र नगद रु २५ हजारसहित तीन जनालाई पक्राउ गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-११ बाट धनगढी उपमहानगरपालिका-१२ बस्ने २२ वर्षीय दिपकबहादुर चन्द, भीमदत्त नगरपालिका-११ बाट कैलालीको गोदावारी नगरपालिका-४ बस्ने २६ वर्षीय प्रभाष मल्ल र डोटीको जोरायल गाउँपालिका-१ बस्ने २६ वर्षीय विक्रम पातली पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१० ट्राफिक चोकबाट ब्राउनसगुर जस्तो देखिने पदार्थ ३ ग्राम १७ मिलिग्रामसहित भारतको उत्तर प्रदेश घर भएका २४ वर्षीय अकिल शाह तथा पाल्पाको तिनाउ गाउँपालिका-३ पैठेडाँडाबाट गुल्मीको रेसुङ्गा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अङ्कित खड्का, २५ वर्षीय मेहरसिंह राना र २६ वर्षीय एकराज पन्थी पक्राउ परेका प्रहरीले जनाएको छ ।

कैलालीको टीकापुर नगरपालिका-३ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ८१० मिलिग्रामसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरसहित दुई जना तथा टीकापुर नगरपालिका-१ समितिपुरबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ९१० मिलिग्रामसहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोर पक्राउ परेका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका-१० शिबिरडाँडाबाट एक, दाङको लमही नगरपालिका-६ देउपुरबाट लमही-७ का २५ वर्षीय परीवर्तन बुढामगर र बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ७२० मिलिग्रामसहित गेरूवा गाउँपालिका-२ बस्ने २५ वर्षीय विनोद सुनारलाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी