परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता

  • सोमवार, भदौ १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 133
    SHARES

काठमाडौँ, १५ भदौः परराष्ट्रमन्त्री शिशिर खनाल र कतारका अन्तरराष्ट्रिय सहयोगसम्बन्धी राज्यमन्त्री डा मरियम बिन्त अली बिन नासेर अल-मिसनदबीच आज टेलिफोन वार्ता भएको छ । परराष्ट्रमन्त्री खनाललाई राज्यमन्त्री डा अल-मिसनदले नेपालमा बाढीका कारण भएको ठूलो जनधन तथा भौतिक पूर्वाधारको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

वार्ताका क्रममा राज्यमन्त्री अल-मिसनदले विपद्बाट ठूलो सङ्ख्यामा भएको जनधनको क्षति तथा भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको हो ।

वार्तामा परराष्ट्रमन्त्री खनालले विपद्को कठिन समयमा राज्यमन्त्री अल-मिसनदले व्यक्त गर्नुभएको समवेदना, सहानुभूति र ऐक्यबद्धताप्रति गहिरो आभार व्यक्त गर्नुभयो । उहाँले कतार सरकारले नेपाललाई उपलब्ध गराएको सहयोग तथा समर्थनप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

रसुवा, नुवाकोटलगायत क्षेत्रमा आएको विनाशकारी बाढीबाट गत बुधबार ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतकार्य जारी रहेका बेला उक्त टेलिफोन वार्ता भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी