काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको छ।
भेटका क्रममा रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सरकारका तर्फबाट भइरहेका खोज, उद्धार, राहत वितरण तथा विस्थापित नागरिकको व्यवस्थापनबारे गहन छलफल भएको छ।
भेटमा बाढीपहिरोका कारण प्रभावित भएका नागरिकहरूसम्म राहत सामग्रीको सहज पहुँच पुर्याउने र क्षति पुगेका भौतिक पूर्वाधारको पुनःस्थापनालाई अगाडि बढाउने विषयमा विचार-विमर्श भएको थियो।
प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा गर्न, राहत वितरणलाई छरितो बनाउन र क्षति पुगेका संरचनाको पुनःस्थापनाका लागि राज्यका सम्पूर्ण सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको सभापति लामिछानेलाई जानकारी गराएका छन्।