पुवाखोलामा बेलिब्रिज जडान सुरु

पुवाखोलामा बेलिब्रिज जडान सुरु

  • सोमवार, भदौ १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

इलाम, १५ भदौ : आजबाट पुवाखोलामा बेलीब्रिज पुल जडान सुरु गरिएको छ । पुल २३० फिट लम्बाइ र १४ फिट चौडाइको छ ।

सङ्घीय सरकारको रु दुई करोड २० लाख ३४ हजार २३१ को लागतमा बेलिब्रिज जडान सुरु गरिएको हो । बेलिब्रज दुई साताभित्रमा सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरिएको सडक डिभिजन कार्यालय, इलामका प्राविधिक अर्जुन घिमिरेले जानकारी दिनुभयो । इलाम नगरपालिका–९ भाङटार र वडा नं. ११ सोयाक जोड्ने उक्त पुल जडान गर्न भारतबाट प्राविधिक टोली नेपाल आइपुगेको छ ।

पुल जडानका लागि सिभिल संरचना, गत आर्थिक वर्ष नै तयार भइसकेको थियो । भारतसरकारको अनुदान स्वरुप उक्त बेलिब्रिज नेपाललाई प्राप्त भएको हो । बेलिब्रिज जडानको काम सुरुपछि इलामवासी उत्साहित भएका छन् । जडान भइसकेपछि सडक मेची राजमार्गको वैकल्पिक सडक बन्न सक्ने इलाम नगरपालिका–९ का प्रकाश नेपालले बताउनुभयो । बेलीब्रिज निर्माण सम्पन्नपछि वर्षातको समयमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका केही क्षेत्रमा सहज र नियमित यातायात सञ्चालन हुनेछ ।

मेची राजमार्गको वैकल्पिक सडकको रुपमा लिइएको सो सडक इलामदेखि विर्तामोडसम्म ५० किलोमिटर दुरी पर्दछ । इलाम खण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी १७ किलोमिटर खण्डमध्ये १४ किलोमिटर निर्माण भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी