झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन

झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन

  • सोमवार, भदौ १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 190
    SHARES

इलाम, १५ भदौः गत असार २३ गतेको वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्गमा आजदेखि यातायात सेवा सञ्चालनमा आएको छ । सो राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड मर्मतपश्चात् आज बिहानदेखि साना सवारी सञ्चालनमा लागि खुला गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो । सडक डिभिजन इलामको झण्डै दुई महिनादेखिको लगातारको प्रयासपछि साना यात्रुवाहक सवारीसाधनका लागि सडकमा यातायात सेवा पुनः खुलाउन सफल भएको प्रजिअ ढकाले बताउनुभयो ।

माथिबाट खसेको पहिरो पन्छाउनुका साथै खोलाको क्षेत्रबाट टेवा पर्खाल निर्माण गरिएपछि तत्कालका लागि साना सवारीका लागि सडक खुला गरिएको सडक डिभिजन इलामका कार्यालय प्रमुख इन्जिनियर पवन भट्टराईले जानकारी दिनुभयो ।

“लामो समयको निर्माण÷पुनःस्थापना कार्यपछि मेची राजमार्ग आज बिहानदेखि साना सवारीसाधनका लागि सुचारु गरिएको छ”, उहाँले भन्नुभयो, “निर्माण कार्य अहिले पनि चालु नै रहेको एवं नाली निर्माण, टेवा पर्खाल निर्माणलगायतका धेरै काम बाँकी नै रहेकाले ठूला र मालबाहक सवारीसाधन सम्पन्न भएपछि मात्र सुचारु गरिनेछ ।”

उहाँले हाललाई ठूला र मालबाहक गाडीहरु वैकल्पिक सडक तिल्केनी–सिमलगोलाई र मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) प्रयोग गर्न आग्रह गरिएको बताउनुभयो । राजमार्ग सञ्चालन भएपछि इलामसहित, पाँचथर र ताप्लेजुङबाट झापा जान र झापाबाट इलामसहित पाँचथर र ताप्लेजुङ आउन यात्रु र सवारीहरुलाई सहज भएको छ । सडक अवरुद्ध हुँदा इलामसहित पाँचथर र ताप्लेजुङबाट झापातर्फ गएका सवारीसाधन पहिरोमाथि माइखोला वारिसम्म र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङतर्फ आएका सवारीसाधन माइखोला पारीसम्म आउने÷जाने गरेका थिए ।

मेची राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गको रुपमा तिल्केनी–सिमलगोलाई सडकखण्डअन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरेको थियो । यस्तै मेची कोरिडोर (केचना–कञ्चनजङ्घा सडक)अन्तर्गत इलाम नगरपालिका–९ र ११ जोड्ने पुवाखोलामा समेत अस्थायी डाइभर्सन निर्माण गरी साना सवरी सञ्चालन गरिएको थियो ।

घाम लागेका बेला अस्थायी डाइभर्सन निर्माण गरी दुवै सडक सुचारु गर्ने गरिएपनि वर्षा हुनसाथ बाढीले डाइभर्सन बगाउने समस्याले इलामबाट झापा झर्ने कुनै वैकल्पिक सडक नभएकाले व्यवसायी र यात्रुले सास्ती खेप्नुपरेको थियो ।

गत असोज १८ गतेको वर्षासँगैको पहिरोले अवरुद्ध भएको सो सडक १४ दिनपछि सुचारु भएको थियो । सो सडक यसपटक सबैभन्दा धेरै समय अवरुद्ध भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी