प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला

  • सोमवार, भदौ १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 551
    SHARES

महोत्तरी, १५ भदौः महोत्तरीका विभिन्न सङ्घसंस्था तथा विभिन्न व्यक्तिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज राहत रकम दाखिला गरेका छन् ।

भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि ७५ वर्षीया देवकुमारीले २० हजार, योग प्रशिक्षक सुमित्रा भट्टराईले रु ५१ र बर्दिबास-१ देउराली कीर्तन महिला समूहले रु ३० हजार दाखिला गरेको छन् ।

त्यसैगरी, बर्दिबास–१० खयरमाराका सामाजिक अगुवा पोषण थापाले ५० हजार, नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेस प्रदेशले १० लाख ७९ हजार, बर्दिबास उद्योग वाणिज्य सङ्घले आठ लाख, भङ्गाहा नगरपालिकाले १५ लाख रुपैयाँ कोषमा दाखिला गरेका छन् ।

यसैगरी गौशाला, बर्दिबास र औरही नगरपालिकाले क्रमशः १० लाख, १२ लाख ५० हजार र पाँच लाख कोषमा पठाउने संस्थागत निर्णय गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ