बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

  • सोमवार, भदौ १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

दमौली (तनहुँ), १५ भदौः भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन गरेको वृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट जिल्लाका ५६५ किसान लाभान्वित भएका छन् । आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालन गरिएको कार्यक्रमका लागि विनियोजित रु ३० लाख बजेटमध्ये रु २९ लाख ३१ हजार खर्च भएको केन्द्रले जनाएको छ ।

पशुपालन व्यवसायलाई व्यवस्थित, व्यावसायिक तथा उत्पादनमुखी बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा बङ्गुर, बाख्रा तथा दुग्ध उत्पादनतर्फका कृषक समूहलाई लक्षित गरी पूर्वाधार निर्माण तथा आवश्यक सामग्री र उपकरण सहयोग गरिएको पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले जानकारी दिनुभयो ।

कार्यक्रमअन्तर्गत एउटा बङ्गुरपालक कृषक समूहमा आबद्ध किसानको बङ्गुरको खोर सुधार गरिएको छ । खोर सुधारमार्फत बङ्गुरपालनलाई व्यवस्थित बनाउनुका साथै पशुको स्वास्थ्य र उत्पादनमा सुधार ल्याउने लक्ष्य राखिएको ठकुरीले बताउनुभयो ।

त्यसैगरी, दुईवटा बाख्रापालक कृषक समूहमा आबद्ध २४ जना किसानका बाख्राको खोर मर्मत तथा निर्माण गरिएको छ । कार्यक्रमबाट थप ११ जना किसानलाई चापकटर तथा कम्बाइन मिल सहयोग गरिएको छ । पशुपालनमा आवश्यक पर्ने घाँस तथा दाना व्यवस्थापनका लागि उपयोगी उपकरण उपलब्ध गराउँदा किसानको श्रम तथा समय बचत हुने अपेक्षा गरिएको छ ।

बाख्राको नश्ल सुधार तथा उत्पादन क्षमता बढाउने उद्देश्यले दुईवटा प्रजनन बोका खरिद गरी उपलब्ध गराइएको छ । यस्तै, दुईवटा फार्ममा जैविक सुरक्षा कायम गर्न आवश्यक घेराबार निर्माण गरिएको ठकुरीले बताउनुभयो । किसानको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्नुका साथै पशु स्वास्थ्यका लागि आवश्यक औषधिसमेत वितरण गरिएको थियो ।

दुग्ध उत्पादनतर्फ पनि कार्यक्रमले किसानलाई सहयोग गरेको छ । दुईवटा दुग्ध उत्पादक कृषक समूहमा आबद्ध किसानका लागि ६१३ वटा स्टिल क्यान खरिद गरी वितरण गरिएको छ । दूध सङ्कलन तथा भण्डारणमा प्रयोग हुने स्टिल क्यानले दूधको स्वच्छता कायम राख्न तथा गुणस्तर सुधार गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

केन्द्रले पशुपालन क्षेत्रमा रहेका किसानका आवश्यकता पहिचान गरी उत्पादन, पशु स्वास्थ्य, पूर्वाधार र व्यावसायीकरणमा सहयोग गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । कार्यक्रमबाट खोर सुधार, उपकरण सहयोग, नश्ल सुधार, जैविक सुरक्षा, तालिम तथा पशु स्वास्थ्य सेवाजस्ता क्षेत्रमा प्रत्यक्ष सहयोग पुगेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी