मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग

  • आइतवार, भदौ १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 399
    SHARES

हेटौँडा, १४ भदौः पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने तथा आउने सवारीसाधनको चाप बढेको छ । सवारी चाप व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालवाहक सवारीसाधनलाई कान्ति लोकपथ तथा १४ सिटभन्दा ठूला यात्रुवाहक सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै आवतजावत गर्न आग्रह गरेको छ ।

कार्यालयका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले १४ सिटसम्मका साना यात्रुवाहक सवारीसाधनलाई भीमफेदी-देउराली हुँदै आवतजावत गर्न आग्रह गरिएको बताउनुभयो । प्रशासनले अत्यावश्यक कामबाहेक काठमाडौँको यात्रा नगर्न, अत्यावश्यक अवस्थामा बाहेक निजी सवारीसाधन नलैजान, जथाभावी ‘ओभरटेक’ नगर्न तथा ट्राफिक प्रहरीको निर्देशन पालना गर्नसमेत अनुरोध गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी