भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

  • आइतवार, भदौ १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 304
    SHARES

काभ्रेपलाञ्चोक, १४ भदौः भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका विभिन्न निकायले रु ३६ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

चौँरीदेउराली गाउँपालिकाले रु १० लाख, रोशी गाउँपालिकाले रु १० लाख, नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला समितिले रु ११ लाख र बनेपास्थित अच्युतानन्द ज्योतिष आयुर्वेद औषधालयले रु पाँच लाख सहयोग गर्ने भएका हुन् ।

चौँरीदेउराली गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो । रोशी गाउँपालिकाले जनप्रतिनिधिको सात दिन बराबरको सेवासुविधा तथा कर्मचारी र शिक्षकको एक दिनको पारिश्रमिकबाट रु नौ लाख ७० हजार सात सय तथा विपद् व्यवस्थापन कोषबाट रु २९ हजार दुई सय गरी रु १० लाख उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो ।

यसैगरी, नेपाली कांग्रेस जिल्ला समितिले नेता तथा कार्यकर्ताबाट सङ्कलित रु ११ लाख पार्टीको केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत सम्बन्धित निकायमा पठाउने जिल्ला सभापति तीर्थ लामाले बताउनुभयो । अच्युतानन्द ज्योतिष आयुर्वेद औषधालयले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख सहयोग गरेको छ ।

यसैबीच, भोटेकोशी बाढीका क्रममा विभिन्न काम तथा भ्रमणका सिलसिलामा रहेका काभ्रेपलाञ्चोकका ३९ जना नागरिक सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ । जिल्लाका ४७ जना बेपत्तामध्ये आठ जना परिवारको सम्पर्कमा आएको कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी