भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

  • आइतवार, भदौ १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 532
    SHARES

काठमाडौँ, १४ भदौः भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको छ । प्रहरी प्रधान कार्यालयले आज बिहान ८ः०० बजेसम्मको उक्त विवरण सार्वजनिक गर्दैै हालसम्म दुई हजार ६९९ जनाको उद्धार गरिएको जनाएको छ ।

विभिन्न जिल्लाबाट ७३४ जनाको शव फेला परेको जनाउँदै उक्त कार्यालयले रसुवामा १३, धादिङमा ५०, तनहुँमा ३६, नुवाकोटमा ५२, गोरखामा ५८, चितवनमा २५९, नवलपरासी पूर्वमा १८५ र नवलपरासी पश्चिममा ८२ जनाको शव फेला परेका बताएको छ ।

सुरक्षाकर्मीले रसुवाका ६७६, नुवाकोटका दुई हजार २० र धादिङका तीन जनालाई उद्धार गरेका छन् भने काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराएर १६० जना घर फर्केका छन् ।

यसैबीच, बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ८४ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

यसैबीच, उक्त कार्यालयले नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना सम्पर्कविहीन भएका जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी