कृष्णभिरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पुनः अवरुद्ध, यात्रुहरू बिचल्लीमा

कृष्णभिरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पुनः अवरुद्ध, यात्रुहरू बिचल्लीमा

  • आइतवार, भदौ १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 665
    SHARES

धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभिरमा सडक भासिएपछि पृथ्वी राजमार्गको यातायात आवागमन पूर्ण रूपमा बन्द भएको छ। आइतबार बिहान त्रिशूली नदीमा आएको बाढीका कारण सडकको जगैदेखि भाग भासिन पुगेको हो।

सडक भासिएपछि चितवनतर्फबाट काठमाडौँका लागि छुटेका सवारीसाधनहरूलाई चितवन प्रहरीले सुरक्षित स्थानहरूमा रोकेको चितवनका प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिएका छन्। त्यसैगरी काठमाडौँबाट पश्चिमतर्फ छुटेका सवारीसाधनहरूसमेत बीच बाटोमै रोकिएका छन्।

यसअघि भोटेकोसी नदीमा पुनः बाढी आएको खबर फैलिएपछि आइतबार बिहान ४ बजेदेखि रोकिएका सवारीसाधन बिहान ७ बजेदेखि सञ्चालनमा ल्याइएको थियो। तर, लगत्तै कृष्णभिरमा सडक भासिएपछि यातायात पुनः ठप्प हुन पुगेको छ।

भोटेकोसीको विनाशकारी बाढीका कारण लगातार दुई दिनसम्म अवरुद्ध भएको पृथ्वी राजमार्ग शनिबारदेखि मात्रै सञ्चालनमा आएको थियो। राजमार्ग पुनः बन्द भएपछि सैयौँ यात्रुहरू र सवारीसाधनहरू बीच बाटोमै बिचल्लीमा परेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी