भदाै, १३ काठमाडाैं । विनाशकारी रसुवा बाढीका कारण उत्तरी सिमाना बस्ती गत्लाङ गाउँमा खाद्यान्न र स्वास्थ्य संकट उत्पन्न भएकाे खबर त्यहाँका स्थानीयले सामाजिक सञ्जालमार्फत दिन शुरू गरेका छन् ।
गत्लाङ रसुवाकाे उत्तरी सीमानाकाे अन्तिम विकट गाउँ हाे । यहाँका मानिसहरूकाे मुख्य र एउटै नजिककाे बजार स्याफ्रुबेंसी हाे । जुन ९० प्रतिशत भाग बाढीले बगाएकाे छ । स्याफ्रुबेंसीबाट बायाँ (रसुवागढीतर्फ जाँदा) ठाडाे उकालाे करिब २ घण्टा चढेपछि भञ्याङ (वाहुन डाँडा) निस्कने र त्यहाँबाट करिब ४ किमि टाढा उत्तरर्फ हिँडेपछि पुगिन्छ । उनीहरू स्याफ्रुबेंसी झरेर धुन्चे, कालिकास्थान हुँदै बेत्रावती-बट्टारबाट गालेछी वा ककनी भएर काठमाडाैं आउँछन् । अहिले स्याफ्रुबेंसी नै झर्न सकेका छैनन् । स्याफ्रुबेंसी दुई ठूला पहाड (पहरा)बीचकाे खाेंचमा रहेकाे रसुवागढी-केरूङसँगकाे व्यापारिक नाका हाे । सदरमुकाम धुन्चेबाट झण्डै १५/१६ किमि उत्तरतर्फ हाे । यहाँका मानिसहरू धेरैजसाे स्याफ्रुबेंसीमा व्यापार व्यवसाय गर्ने र घर बनाएर बस्दै आएकामा बाढीले हरेक घरका काेहि न काेही बाढीले बेपत्ता पारेकाे उनीहरूकाे भनाई छ ।
गत्लाङमा करिब ०७२ काे विनाशकारी भूकम्पअघि डेढ सय घर एकै ठाउँमा ढुंगाकै गाराे र ढुंगाकै छाना भएका घरहरू गुजुमुज्जक्क थिए । जसलाई ‘ब्याक भिलेज’ नाउँले राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकका लागि चर्चित गाउँ हाे । भूकम्पमा त्यसबेला दर्जनाै मानिस बिते । घरहरू भताभुङग भएर । पछि तितरबितर भए । धेरै त स्याफ्रुबेंसी नै झरे । अहिले बाढीले स्याफ्रुबेंसी खाइदिएपछि गत्लाङमा रासनपानी (खाद्यन्न) अभाव भएकाे र स्वास्थ्य चाैकीमा ओैषधि, चाैपायाका दबाई समेत रित्तिने अवस्थामा पुगेकाे तथा गम्भीर बिरामीले उपचार, उद्धार नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने विवशता नजिक रहेकाे स्थानीयले टिकटकमार्फत खबर संप्रेषण गरेका छन् ।

बिजुली लाइन टुटेकाले माेवाइल चार्ज गर्न हेल्थपाेष्टकाे साेलारकाे साहरा लिइरहेकाे त्याे पनि पानी परिरहेकाले बन्द हुने अवस्थामा रहेकाे स्थानीय किशाेरी दावा तामाङ (बाेम्जन)ले फाेनमा जानकारी दिइन् । खाद्यन्न, बिजुली र ओैषधी आपूर्तिमा एक दुुई दिन ढिला गरिए यहाँ २ सय बढी घर धुरीका ५/६ मानिस सबैखाले संकटमा पर्ने चिन्ता जनाइन् ।
सरकार गत्लाङमा तुरून्त आउन समेत आग्रह गरेका छन् ।रसुवा बाढीमा परी ज्यान गुमाएकामध्ये शनिबार बेलुकासम्म ६६९ जनाकाे शव फेला तथा २,३७१ जनाकाे उद्धार भएकाे सरकारकाे भनाई छ । अझै ५ हजार बढी मानिस हराइरहेकाे अनुमान छ ।