काठमाडौँ। रसुवाको भोटेकोसी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ६६९ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्क अनुसार विभिन्न ८ जिल्लाका नदी तटीय क्षेत्रहरूबाट ६६९ जनाको शव फेला परेको पुष्टि भएको छ।
बाढीको तीव्र बहावले बगाएर ल्याएका शवहरू रसुवादेखि तल्लो तटीय क्षेत्र नवलपरासी पश्चिमसम्मका जिल्लाहरूमा फेला परेका छन्। सबैभन्दा बढी शव चितवन जिल्लामा भेटिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।
चितवनमा २४८, पूर्वी नवलपरासीमा १५८, पश्चिम नवलपरासीमा ७५, गोरखामा ५४, धादिङमा ४९, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रहरूबाट हालसम्म २ हजार ३०१ जना घाइते तथा प्रभावित नागरिकको सकुशल उद्धार गरिएको छ। यस्तै, उद्धार तथा सुरक्षामा खटिएकामध्ये २७ जना प्रहरी कर्मचारीहरू अझै बेपत्ता रहेका छन्। सुरक्षा निकायका तर्फबाट बेपत्ताहरूको खोजतलास, उद्धार तथा शव सङ्कलनको कार्य निरन्तर जारी छ।