भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १६ जना घर फर्किए

भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १६ जना घर फर्किए

  • शनिबार, भदौ १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 323
    SHARES

काठमाडौँ, १३ भदौः रसुवाको भोटेकोशीमा १० गते बुधबार बिहान गएको अचानकको बाढीमा परी घाइते भई वीर अस्पतालमा उपचाररत एक जनालाई आज घर पठाइएको छ । अस्पतालका निर्देशक डा विकास नेपालका अनुसार बाढीपछि वीर अस्पतालमा उपचारका लागि ल्याइएका १७ जना घाइतेमध्ये १६ जना उपचारपछि निको भएर घर गइसकेका छन् । अब एक जना मात्रै उपचाररत छन् ।

हाल वीर अस्पतालमा नुवाकोटकी ९५ वर्षीया गुणाकेशरी बोहराको उपचार भइरहेको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका निर्देशक डा नेपालले भन्नुभयो, “वीरमा १७ जना घाइते ल्याइएको थियो । १६ जना उपचारपछि डिस्चार्ज हुनुभएको छ । अब एक जना मात्रै उपचाररत हुनुहुन्छ ।”

यसैबीच, बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

सहायता कक्षमार्फत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । अस्पतालमा आफन्तजन आफ्ना परिवारका सदस्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगिरहेका छन् ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत वितरणको कामलाई पनि निरन्तरता दिइएको छ । उद्धार गरिएका घाइतेको उपचार तथा उनीहरूका आफन्तसँग समन्वय गर्न सम्बन्धित निकायले आवश्यक पहल गरिरहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी