काठमाडौँ। भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका श्रमिक तथा प्राविधिकहरूको उद्धारका लागि चीनबाट दुईवटा सुरुङ (टनेल) विज्ञ टोली नेपाल आउँदैछन्। बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न आयोजनाहरूमा उद्धार कार्यलाई थप तीव्र बनाउन चिनियाँ विज्ञ टोली आउन लागेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि उत्खनन कार्य निरन्तर जारी छ। हालसम्म २० फिटभन्दा बढी माटो तथा लेदो हटाइसकिएको र उत्खननको गति राम्रो रहेकाले दिउँसोसम्म सुरुङको मुखसम्म पुग्ने अनुमान गरिएको छ।
अन्य बाढी प्रभावित जलविद्युत् आयोजना तथा पुरिएका क्षेत्रहरूमा पनि सेना, प्रहरी र प्राविधिक टोलीहरूले खोजी र उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline