भोटेकोशी बाढीः ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

भोटेकोशी बाढीः ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

  • शुक्रबार, भदौ १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 456
    SHARES

काठमाडौँ, १२ भदौः रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक सम्पर्कविहीन भएकामध्ये हालसम्म १२१ को उद्धार गरिएको छ । अझै ६२२ पर्यटक सम्पर्कविहिन रहेका नेपाल पर्यटन बोर्डले जनाएको छ ।

पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ६२२ पर्यटक अझै सम्पर्कविहिन भएका जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालका १४९, भारतका ९८, अमेरिकाका ६५, युक्रेनका ६१, मलेसियाका ५१, चीनका आठ जना तथा अष्ट्रेलिया, बेलायत, क्यानडा, लाटभियालगायत ३६ देशका पर्यटकसहित ६२२ जना सम्पर्कविहीन भएका हुन् ।

प्रमुख कार्यकारी अधिकृत ऐरले भारतका ८५, चीनका १६, दक्षिण कोरियाका नौ, अमेरिका, रुसका र इटालीका दुई/दुई तथा बेल्जियम, पोर्चुगल, स्पेन, बुल्गेरिया र स्वीजरल्याण्डका एक/एक जनाको उद्धार गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटनसम्बन्धी सरोकार भएका निकायले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धार कार्यलाई तीव्रता दिएका छन् । घाइते र अलपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन आवश्यक प्रयास भइरहेको बोर्डले जनाएको छ ।

नेपाल पर्यटन बोर्डले ‘पर्यटकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ भन्दै सबैलाई धैर्य र सतर्क रहन आह्वान गरेको छ । बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी