सुवा बाढी अपडेट: ५३८ जनाको शव फेला, ३,७४२ जनाको उद्धार ,९७७ जना अझै बेपत्ता

सुवा बाढी अपडेट: ५३८ जनाको शव फेला, ३,७४२ जनाको उद्धार ,९७७ जना अझै बेपत्ता

  • शुक्रबार, भदौ १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 380
    SHARES

काठमाडौं, भदौ १२ , तिब्बत क्षेत्रमा खसेको हिमपहिरिपछि भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण हालसम्म ५३८ जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको पछिल्लो विवरण अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म ५३८ जनाको शव फेला परेको हो।

प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ३,७४२ जनाको सकुशल उद्धार गरिएको छ भने ९७७ जना अझै सम्पर्कविहीन रहेका छन्।

बेपत्ता हुनेहरूको विवरण:

विदेशी नागरिक: ५१७ जना

गैरआवासीय नेपाली (घुम्न आएका): १२७ जना

स्थानीय नागरिक: १६२ जना (रसुवा र नुवाकोट) तथा ६६ जना (मकवानपुर)

सुरक्षाकर्मी तथा सरकारी कर्मचारी:

नेपाली सेना: ४५ जना

नेपाल प्रहरी: २८ जना

भन्सार कार्यालयका कर्मचारी: १५ जना

सशस्त्र प्रहरी बल: १३ जना

अध्यागमन कार्यालयका कर्मचारी: ४ जना

उद्धार तथा राहतको अवस्था:
विपद् क्षेत्रमा तीव्र रूपमा उद्धार कार्य जारी राखिएको छ। उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी ७८ वटा हवाई उडान भरिएका छन्। उद्धार टोलीमा ६,६९६ नेपाली सेना, ६,३५८ सशस्त्र प्रहरी बल र ४,४७३ नेपाल प्रहरीका टोली प्रत्यक्ष रूपमा खटिएका छन्।

प्रभावित क्षेत्रमा तत्काल आवश्यक खाद्य तथा गैरखाद्य सामग्री बोकेका ३० वटा ट्रक पठाइएको छ भने दुर्गम स्थलहरूमा हेलिकप्टरका ४ वटा उडानमार्फत राहत सामग्री पुर्‍याइएको प्राधिकरणले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी