भोटेकोशी बाढीः सेनाद्वारा ४० विदेशीसहित ७०० जनाको उद्धार

भोटेकोशी बाढीः सेनाद्वारा ४० विदेशीसहित ७०० जनाको उद्धार

  • शुक्रबार, भदौ १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 361
    SHARES

काठमाडौँ, १२ भदौः रसुवास्थित भोटेकोशीमा आएको बाढीबाट प्रभावित ७०० भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकको सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रसुवाको टिमुरे, स्याफ्रुबेँसी र मैलुङ इलाकाबाट आज अपराह्नसम्म ४० विदेशीसहित ७०६ जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले २९ भारतीय, चार जर्मन, चार चिनियाँ, एक ओमानी र दुई कोरियन नागरिकको उद्धार गरेको छ । प्रभावित जिल्लामा करिब चार हजार ५०० भन्दा बढी फौज परिचालित भएका छन् । तीनवटै सुरक्षा फौजले संयुक्त रूपमा घाइतेको खोज तथा उद्धार, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी