तिब्बतमा ड्याम फुट्दा भोटेकोशी र त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता, सुरक्षित स्थानमा जान अपिल

तिब्बतमा ड्याम फुट्दा भोटेकोशी र त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता, सुरक्षित स्थानमा जान अपिल

  • शुक्रबार, भदौ १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 817
    SHARES

रसुवा । नेपाल–चीन सीमावर्ती क्षेत्र तिब्बततर्फ पहिरोका कारण थुनिएको कृत्रिम ताल (ड्याम) पुनः फुटेपछि नेपालको नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। चीनको जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा बनेको ड्याम फुटेर पानीको ठूलो बहाव तलतिर सोझिएपछि भोटेकोशी र त्रिशूली नदी आसपासका तल्लो तटीय क्षेत्रमा बाढीको गम्भीर खतरा उत्पन्न भएको छ।

स्थिति जोखिमपूर्ण बनेपछि नेपाल प्रहरीले आपत्कालीन सूचना जारी गर्दै नदी किनार तथा आसपासका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानतर्फ जान अनुरोध गरेको छ।

रसुवामा वस्तुस्थिति नियन्त्रण तथा समन्वयका लागि खटिनुभएका एसएसपी दीप शमशेर जबराका अनुसार ड्याम फुटेको खबर प्राप्त हुनासाथ उद्धार तथा राहत कार्यमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी र सर्वसाधारणलाई तत्कालका लागि कार्य रोकेर सुरक्षित स्थानतर्फ जान निर्देशन दिइएको छ। Wednesday को भीषण पहिरोपछि जम्मा भएको पानी ओभरफ्लो भइरहेकै अवस्थामा ड्याम पुनः फुटेकाले भोटेकोशी र त्रिशूली नदीमा भीषण आकस्मिक बाढी आउने खतरा बढेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी