मृतकको सङ्ख्या ४६९ पुग्यो, चितवनमा सबैभन्दा बढी १७८ शव फेला

मृतकको सङ्ख्या ४६९ पुग्यो, चितवनमा सबैभन्दा बढी १७८ शव फेला

  • शुक्रबार, भदौ १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 760
    SHARES

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४६९ पुगेको छ। नेपाल प्रहरीले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार विभिन्न ८ जिल्लाका नदी तटीय क्षेत्रहरूबाट हालसम्म ४६९ जनाको शव फेला परेको पुष्टि भएको हो।

नदीको तीव्र बहावले बगाएर ल्याएका शवहरू रसुवादेखि तल्लो तटीय क्षेत्र नवलपरासी पश्चिमसम्मका विभिन्न जिल्लाहरूमा फेला परेका हुन्।

जिल्लागत रूपमा फेला परेका शवको विवरण:
चितवन: १७८ जना
नवलपरासी (बर्दघाट सुस्ता पूर्व): ११० जना
गोरखा: ४४ जना
नुवाकोट: ३७ जना
धादिङ: ३३ जना
तनहुँ: २८ जना
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम): २७ जना
रसुवा: १२ जना

बाढी प्रभावित क्षेत्रहरूमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले खोजी, उद्धार तथा शव सङ्कलनको कामलाई निरन्तरता दिइरहेका छन्। पहिचान नखुलेका शवहरूको सनाखत गर्ने र आफन्तलाई बुझाउने प्रक्रिया पनि जारी छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी