भोटेकोशी बाढीः घाइतेको जीवनरक्षाका लागि ठमेलमा रक्तदान

भोटेकोशी बाढीः घाइतेको जीवनरक्षाका लागि ठमेलमा रक्तदान

  • बिहिबार, भदौ ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 456
    SHARES

काठमाडौँ, ११ भदौः भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भएका नागरिकको जीवनरक्षाका लागि ठमेलमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा तिब्बतबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट घाइते तथा बिरामी भएकाको उपचारमा सहयोग पु¥याउन ठमेलको नरसिंह चोकमा आज रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

परिषद्का अध्यक्ष राजुमान डङ्गोलले बाढी र प्राकृतिक विपत्तिका कारण अस्पतालमा रगतको माग बढेको तथा घाइतेलाई तत्काल रगतको आवश्यकता परेको अवस्थालाई दृष्टिगत गर्दै मानवीय कार्यको थालनी गरिएको जानकारी दिनुभयो ।

‘एक थोपा रगत, कसैका लागि जीवनको आशा’ भन्ने मूल नाराका साथ आयोजना गरिएको रक्तदानमा काठमाडौँ महानगरपालिका–२६, १६, १७ र २७ ले समन्वय गरेका छन् ।

परिषद्का महासचिव पशुपति कँडेलले बाढीबाट प्रभावितको जीवन रक्षाका लागि आयोजना गरिएको उक्त कार्यक्रममा ११६ जनाले रक्तदान गरेको बताउनुभयो ।

कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का कार्यसमिति सदस्य तथा ठमेल भित्रका घरधनी तथा व्यवसायीको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी