प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको सहयोग

प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको सहयोग

  • बिहिबार, भदौ ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 380
    SHARES

चितवन, ११ भदौः नेपाल लेयर्स कुखुरापालक सङ्घले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० लाख सहयोग गरेको छ । रसुवा बाढी प्रभावितको राहतका लागि सङ्घले कोषमा सहयोग गरेको हो ।

सङ्घका अध्यक्ष विनोद पोखरेलले रसुवा बाढीपछि राहत र उद्धारका लागि सरकारले आर्थिक सहयोगको आह्वान गरेपछि सङ्घले आज रु १० लाख सहयोग गरेको बताउनुभयो । रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा लगायतका जिल्लामा भएको मानवीय र भौतिक क्षतिप्रति अध्यक्ष पोखरेलले दुःख व्यक्त गर्नुभयो ।

सङ्घले यसअघि भूकम्प र कोभिडलगायतका प्राकृतिक विपत्तिमा पनि सहयोग गर्दै आएको जानकारी दिदै अध्यक्ष पोखरेलले राष्ट्रमा परेको विपत्तिमा थोरै भए पनि सङ्घले सहयोग गरेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी