सम्पर्कविहीन पत्रकार र पत्रकारका परिवारको खोजी कार्यलाई तीव्रता दिन आग्रह

सम्पर्कविहीन पत्रकार र पत्रकारका परिवारको खोजी कार्यलाई तीव्रता दिन आग्रह

  • बिहिबार, भदौ ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 380
    SHARES

काठमाडौँ, ११ भदौः नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन रहेका पत्रकार र पत्रकारका परिवारको खोजीलाई तीव्रता दिन आग्रह गरेको छ ।

कार्यक्रमका सिलसिलामा रसुवागढी नाका हुँदै चीनको तिब्बततर्फ जाने क्रममा रहनुभएका महासङ्घका पूर्वकेन्द्रीय सदस्य एवं नयाँपत्रिका दैनिकका पत्रकार टेकराज थामी बुधबार बिहानदेखि सम्पर्कविहीन हुनुभएको महासङ्घले जनाएको छ । थामी राससका समाचारदाता कालिका खड्काका पति हुनुहुन्छ ।

यस्तै नुवाकोटको विदुर नगरपालिका–७ बाट पत्रकार निराजन पौडेलका बुबा, आमा, काका, काकी र बहिनीसहित पाँच सदस्य सम्पर्कविहीन भएको महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

बाढीप्रभावित क्षेत्रमा विद्युतीय आपूर्ति बन्द भई सञ्चार सेवा अवरुद्ध हुँदा सञ्चारमाध्यम सञ्चालनमा असर पुगेकामा सञ्चार सेवा नियमित गर्न आवश्यक व्यवस्था मिलाउन महासङ्घले आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी