एकजुट भई विपत्तिको सामना गरौँः उपराष्ट्रपति यादव

एकजुट भई विपत्तिको सामना गरौँः उपराष्ट्रपति यादव

  • बिहिबार, भदौ ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 456
    SHARES

काठमाडौँ, ११ भदौः उपराष्ट्रपति रामसहाय प्रसाद यादवले रसुवाको भोटेकोशीमा यही भदौ १० गते बुधबार आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज विज्ञप्तिमार्फत यस विपत्तिमा अकालमै ज्यान गुमाउनुभएका नेपाली नागरिक, विदेशी पर्यटक तथा तीर्थयात्रीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले विपत्तिमा परेकाहरूको उद्धार, बेपत्ता भएकाहरूको खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरूको यथोचित उपचारका लागि सबैमा आग्रह गर्नुभएको छ ।

“बाढीबाट प्रभावितहरूको उद्धार र सहयोगका लागि सरकार र सुरक्षाकर्मीहरू सक्रियताका साथ लागि परेका छन् । यस कठिन घडीमा सम्पूर्ण नेपालीहरू एकजुट भई अकल्पनीय विपत्तिको सामना गर्न र आ–आफ्नो स्तरबाट हरसम्भव सहयोग गर्न आग्रह गर्दछु”, उहाँले उल्लेख गर्नुभएको छ ।

यस कठिन घडीमा सम्पूर्ण नेपालीहरू एकजुट भई विपत्तिको सामना गर्न र आ–आफ्नो स्तरबाट सहयोग गर्न आग्रह गर्दै उपराष्ट्रपति यादव एक–अर्काको सहारा र सहयोगी बन्नु नै सामूहिक कर्तव्य भएको उल्लेख गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी