प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र विदुर प्रस्थान

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र विदुर प्रस्थान

  • बिहिबार, भदौ ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 399
    SHARES

काठमाडौँ, ११ भदौः प्रधानमन्त्री वालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्सालसमेत सहभागी हुनुहुन्छ ।

उहाँहरू आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये विदुरतर्फ प्रस्थान गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नदी तटीय क्षेत्रमा क्षति पु¥याउनासाथ प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहनुभएको छ ।

बाढीकोलगत्तै उहाँले उच्चस्तरीय बैठक आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायलाई आवश्यक निर्देशन दिनुभएको थियो । साथै प्रभावित क्षेत्रमा खोज उद्धार र राहतका लागि निरन्तर सहजीकरण गर्दै आउनुभएको छ ।

बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीको निरीक्षण गर्नुहुनेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधारमन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनःस्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछ ।

उहाँहरुले सम्पूर्ण प्रभावित क्षेत्रमा द्रुत गतिमा राहत पुर्‍याउन र पूर्वाधार पुनर्निर्माणको कामलाई तीव्रता दिन आवश्यक निर्देशन दिने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी