रसुवा बाढीको विनाश: मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो, सात जिल्लाबाट फेला परे शव

रसुवा बाढीको विनाश: मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो, सात जिल्लाबाट फेला परे शव

  • बुधबार, भदौ १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 589
    SHARES

काठमाडौँ। रसुवास्थित भोटेकोसी नदीमा आज बिहान आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ। नेपाल प्रहरीले दिएको पछिल्लो तथ्याङ्क अनुसार बाढीले बगाएर ल्याएका विभिन्न जिल्लाका नदी तटीय क्षेत्रबाट हालसम्म ९५ जनाको शव फेला परेको पुष्टि भएको हो।

प्रहरीका अनुसार मृतकहरूमा २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ जना बालक र पहिचान नखुलेका २० जना रहेका छन्। तिब्बततर्फबाट अकस्मात आएको बाढीको तीव्र बहावका कारण शवहरू रसुवादेखि तल्लो तटीय क्षेत्रका विभिन्न सात जिल्लाहरूमा फेला परेका छन्।

विभिन्न जिल्लामा भेटिएका शवको अद्यावधिक विवरण:
चितवन: १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र पहिचान नखुलेका ८ जना गरी कुल ३३ जना
धादिङ: ११ महिला, ५ पुरुष र पहिचान नखुलेका २ जना गरी कुल १८ जना
गोरखा: १ महिला, ४ पुरुष, १ बालक र पहिचान नखुलेका १० जना गरी कुल १६ जना
नवलपरासी (बर्दघाट सुस्ता पूर्व): ८ पुरुष र ३ बालिका गरी कुल ११ जना
नुवाकोट: ५ महिला र ६ पुरुष गरी कुल ११ जना
तनहुँ: ३ पुरुष, १ बालिका र १ बालक गरी कुल ५ जना
रसुवा: १ पुरुष
नदीमा बाढीको बहाव अझै उच्च रहेकाले तटीय क्षेत्रमा बेपत्ता भएकाहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली निरन्तर परिचालन भइरहेको छ। पहिचान नखुलेका शवहरूको सनाखत गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी