काठमाडौँ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ। बुधबार साँझ नेपाल प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार विभिन्न जिल्लाका नदी तटीय क्षेत्रहरूबाट हालसम्म ७२ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार मृतकहरूमा २३ जना महिला, ३१ जना पुरुष, दुई जना बालिका, एक जना बालक र १५ जना पहिचान नखुलेका व्यक्तिहरू रहेका छन्। तिब्बततर्फबाट अकस्मात आएको बाढीले बगाएर ल्याएका शवहरू रसुवादेखि तल्लो तटीय क्षेत्रका विभिन्न जिल्लाहरूमा भेटिएका हुन्।
विभिन्न जिल्लामा भेटिएका शवको विवरण:
चितवन: ५ महिला, १३ पुरुष र पहिचान नखुलेका १० जना गरी कुल २८ जना
धादिङ: ११ महिला, ५ पुरुष र पहिचान नखुलेका २ जना गरी कुल १८ जना
नुवाकोट: ५ महिला र ६ पुरुष गरी कुल ११ जना
तनहुँ: २ पुरुष, १ बालिका र १ बालक गरी कुल ४ जना
रसुवा: १ पुरुष
नवलपरासी (बर्दघाट सुस्ता पूर्व): १ बालिका
बाढीका कारण तल्लो तटीय क्षेत्रहरूमा अझै ठुलो सङ्ख्यामा मानिसहरू बेपत्ता रहेको आशङ्का गरिएको छ। सुरक्षा निकायका टोलीहरूले नदी किनारहरूमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् भने पहिचान नखुलेका शवहरूको सनाखत गर्ने प्रयास भइरहेको छ।